‘मैले देखेको कतार’ रमजान बाबुले भोगेको र देखेको पुस्तक सार्वजनिक

news-details

कतारलाई कर्मथलो बनाउँदै आएका प्रो. मोहम्मद रमजान अली मियाँको ३७ औं पुस्तक ‘मैले देखेको कतार’ बजारमा आएको छ ।

लामो समय कतार र नेपाललाई नजिकबाट नियालेका रमजान बाबुको पुस्तक उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पण गरेपछि बजारमा आएको हो ।

पुस्तक बिमोचन गर्दै उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको बिस्तृत इतिहास, कतारमा नेपालीजनको इतिहास, कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारबारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताएका थिए ।
नेपाली श्रम र पसिनाले निर्मित कतार हेर्न आफू पनि इच्छुक रहेको उपराष्ट्रपति पुनको भनाइ रहेको थियो ।

आफ्ना नेपालीहरुले निर्माण गरेको आधुनिक र समृद्ध कतारको वास्तविकता लेखकले पुस्तकको ३ खण्डमा उजागर गरेका छन् । लेखकले कतार र नेपालको सम्बन्ध र सहकार्यलाई मसिनोढंगबाट उनेका छन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्कमार्फत अन्याय र पीडामा परेका नेपाली श्रमिकहरुको उद्दार र सहयोग गरेको स्मरण गरे ।

पुस्तक नेपाल–कतार सम्बन्ध हेर्ने चस्मा हो– पुस्तकबारे टिप्पणी गर्दै ओमनका लागि पूर्व राजदुत शर्मिला पराजुली ढकालले भनिन् – ‘लेखकले राजदूतको भूमिका निभाउनु भएको छ ।’ यस पुस्तकले नेपाली समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयलाई उजागर गरेको उनको भनाइ रहेको छ ।
लेखक मियाँले सन् २००७ को अप्रिलदेखि १ नोभेम्बर, २०२१ बीच लेखिएको यो पुस्तक कतार–नेपाल जोड्ने पुल भएको बताइएको छ । लेखकले नेपालीलाई श्रमिक नभएर समृद्ध कतारका सहयात्री भनेर टिप्पणी गरेका छन् । सन् २०२० सम्म कतारमा दुई हजार ५७७ जना नेपालीको ज्यान गइसकेकाले समृद्ध कतारमा नेपाली श्रमको उच्च मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले यो पुस्तक नेपालीलाई कतार बुझ्न इन्साइक्लोपेडिया सरह भएको बताएका छन् ।

पुस्तकको मूल्य साधारणका लागि ७ सय ५० रुपैया र हार्ड कभरको १ हजार ५ सय रुपैया तोकिएको छ । यस पुस्तकबाट प्राप्त रकम आर्थिक विपन्नताका कारण अंग्रेजी पढ्न नपाएका इस्लामिक मदरसाका बालबालिकाको अध्ययनमा खर्च गरिने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *