साहित्यकार हरि कटुवालको ‘फेरि अर्को बिहानी’ सार्वजनिक

news-details

साहित्यकार तथा उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ सार्वजनिक भएको छ ।

बरिष्ठ साहित्यकार कृष्ण धारावासी, निबन्धकार युवराज नयाँघरेलगायतका व्यक्तित्वहरुले सोमबार आयोजित एक समारोहकाबीच उक्त कृति सार्वजनिक गरेका हुन ।

कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतितिसमेत रहेका बरिष्ठ साहित्यकार धरावासीले कुनै पनि लेखकले इमानदार र निरपेक्ष भई लेख्न सके उ सफल हुने उल्लेख गर्दै यसतर्फ सचेत भएर सधैव लेखनमा लागिरहन कटुवाललाई आग्रह गरे ।

निबन्धकार युवराज नयाँघरेले कटुवाललाई शुभकामना दिँदै कटुवालको कृति लोभलाग्दो भएको बताए ।

पल्लव प्रकाशनको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा जीवनाथ खनाल, हरि कटुवाल र ऋषिराज पाण्डेले आफ्नो विचार राखेका थिए ।

लेखक कटुवालको यस अघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *