साहित्यकार हरि कटुवालको ‘फेरि अर्को बिहानी’ सार्वजनिक
- कार्तिक ९, २०७८
- 0
साहित्यकार तथा उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ सार्वजनिक भएको छ ।
बरिष्ठ साहित्यकार कृष्ण धारावासी, निबन्धकार युवराज नयाँघरेलगायतका व्यक्तित्वहरुले सोमबार आयोजित एक समारोहकाबीच उक्त कृति सार्वजनिक गरेका हुन ।
कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतितिसमेत रहेका बरिष्ठ साहित्यकार धरावासीले कुनै पनि लेखकले इमानदार र निरपेक्ष भई लेख्न सके उ सफल हुने उल्लेख गर्दै यसतर्फ सचेत भएर सधैव लेखनमा लागिरहन कटुवाललाई आग्रह गरे ।
निबन्धकार युवराज नयाँघरेले कटुवाललाई शुभकामना दिँदै कटुवालको कृति लोभलाग्दो भएको बताए ।
पल्लव प्रकाशनको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा जीवनाथ खनाल, हरि कटुवाल र ऋषिराज पाण्डेले आफ्नो विचार राखेका थिए ।
लेखक कटुवालको यस अघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित छ ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










