यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामलाई, जगदम्बाश्री भैरवबहादुर थापालाई

news-details

मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् ‘१७१९-२०२०’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय गरेको छ ।

मदन पुरस्कार गुठीको बैठकले इङ्नामलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै, जगदम्बा श्री पुरस्कार सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रका उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गरेको छ ।

मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *