पौड्यालको जन्म दिनमा कृति विमोचन

news-details

साहित्यकार चित्रा पौड्याल कोइरालाले आफ्ना दुई वटा कृतिको विमोचन गरेर जन्मदिन मनाएकी छिन् ।

झापा अर्जुनधारा –८ घर भई हाल अमेरिका वस्दै आएकी कोइरालाले अमेरिकादेखि आएर लकडाउनको समय सदुपयोग गर्दै तयार पारिएको आफ्ना दुई वटा कृति मुक्तक संग्रह शंखनाद र कविता संग्रह श्वेत शिखर आफूलाई जन्म दिने आमा वुवाको हातबाट बिमोचन गरेर जन्मदिन मनाएकी हुन् ।

लोकनाथ –हेमकला पौड्याल ट्रष्ट अर्जुनधारा–८ झापाको आयोजनामा भएको कार्यक्रममा साहित्यकार चित्रा पौड्याल कोइरालाका बुवा शिक्षासेवी लोकनाथ पौड्याल र आमा हेमकला पौड्यालले मुक्तक संग्रह शंखनाद र कविता संग्रह श्वेत शिखरको विमोचन गरेका थिए ।

आफूलाई जन्म दिने आमाबुवा दिवंगत भएपछि पुस्तक समर्पण गर्ने परम्परालाई तोड्दै जन्मदिनको दिन आफूलाई जन्म दिने आमाबुवाको हातबाट दुई वटा कृतिको बिमोचन गरेर आमावुवाप्रति कृति समर्पित गरेको उनले वताइन् ।

सानै उमेरदेखि आमाबुवाको हातबाट कृति विमोचन गराउने धोको भएको र त्यो अहिले आएर पूरा भएको उनले वताइन् ।

आफ्ना दुई वटा कृतिको विक्रीबाट संकलित रकम झापाको अर्जुनधारा –६ कप्तानवारीस्थित अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका वालवालिकाहरुको सहयोगार्थ प्रदान गरिने उनले बताइन् ।

विगत आठ वर्षदेखि अपाङ्ग वालशिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि सहयोग जारी गरिने प्रतिवद्धता जनाइन् ।

साहित्य चौतारी बिर्तामोड झापाकी कार्यसमिति सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी आजीवन सदस्य, जीवन विज्ञानकी प्रशिक्षक रहेकी साहित्यकार कोइरालाले मुक्तक संग्रह शंखनाद आमावुवाप्रति र कविता संग्रह श्वेत शिखर जीवन विज्ञानका गुरुप्रति समर्पित गरेको बताइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *