फेरी दशैँ दशा बनेर आयो
- बिहिबार, ६ कार्तिक, २०७७
- 0

– बीरेन्द्र कार्की
पर्सेका आरनमा घाटी रेट्ने तरबार भएर आयो
बिदुरेको लुगा सिउने कलमा दुखिको कात्रो भएर आयो
ढिकीका मुस्ला मुस्लामा गरिब लाई चिउरा बनाउन आयो
रोटे पिंगको हरेक फन्कोमा ऋणको रन्को लिएर आयो
जमाराका पातपातमा गरिबीको जन्डीस भएर आयो
टपरीको मासु र भातमा अभावको आशु भएर आयो
अक्षेता टिकाको रातोमा सबैको सातो बोलाउन आयो
आयुं दोर्ण सुतेु संगै परिवारकै पातो कसाउन आयो
मामाहरुका घर घरमा भान्जाभान्जीका हुल संगै आयो
हरेक ससुरालीका घरघरमा ज्वाइको मेजमान भनेर आयो
खै किन हो यसपाली दशैँ ढोल नबाजाइ लुसुक्क आयो
तर जादा जादै घरको मूल ढोकामै तमसुकु टासेर गयो
हो ! दशैँ दशा बनेर आयो, अग्रिम चिता खनेर आयो !