कविता : ‘जीवन-फूलदेखि फूलसम्म’
- बीरेन्द्र कार्की
- भदौ १, २०७७
- 0
आज
भुवा भन्दा नरम
प्वाँख भन्दा हलुका बनेर
सुर्यमुखी फूल जस्तै
अनुहारमा उज्यालो भरेर
ठ्याक्कै उ आफू जस्तै
हसिला, नरम र हलुका
फूलहरुको बिस्तारा माथी
आफू रोइ रहेको छ
अरु हर्षले बिभोर छन
आज
फूल माथी एउटा जीवनको शुरुआत भएको छ।
र फेरि आज अर्को आज
अत्यन्त गह्रुङ्गो भएर होला सायद
चार काध चडेर
आफू अघि लागेर
चिर निद्रामा आफू
मद मस्त बनेर आफू
सयौं अरुलाइ रुवाएर
छाती माथी फुलहरु सजाएर
यदाकदाका लागि हैन
सदासदाका लागि
अनन्त यात्रामा हिडेको छ
र आजै
फूल मुनि त्यो जीवनको अन्त्य भएको छ।
जीवन फूल माथी देखि फूल मुनिको
फूल देखि फूल सम्मको
बस एक यात्रा मात्र रहेछ
बिचको त सबै जात्रा मात्र रहेछ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










