कविता : ‘जीवन-फूलदेखि फूलसम्म’

- बीरेन्द्र कार्की
news-details

आज
भुवा भन्दा नरम
प्वाँख भन्दा हलुका बनेर
सुर्यमुखी फूल जस्तै
अनुहारमा उज्यालो भरेर
ठ्याक्कै उ आफू जस्तै
हसिला, नरम र हलुका
फूलहरुको बिस्तारा माथी
आफू रोइ रहेको छ
अरु हर्षले बिभोर छन

आज
फूल माथी एउटा जीवनको शुरुआत भएको छ।
र फेरि आज अर्को आज
अत्यन्त गह्रुङ्गो भएर होला सायद
चार काध चडेर
आफू अघि लागेर
चिर निद्रामा आफू
मद मस्त बनेर आफू
सयौं अरुलाइ रुवाएर
छाती माथी फुलहरु सजाएर
यदाकदाका लागि हैन
सदासदाका लागि
अनन्त यात्रामा हिडेको छ

र आजै
फूल मुनि त्यो जीवनको अन्त्य भएको छ।
जीवन फूल माथी देखि फूल मुनिको
फूल देखि फूल सम्मको
बस एक यात्रा मात्र रहेछ
बिचको त सबै जात्रा मात्र रहेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *