महाकवि देवकोटाको निवास सरकारले किन्यो, अब सङ्ग्रहालय बनाइने

news-details

सरकारको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ ।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गरेका थिए । जग्गाप्राप्तिका कारण ढिलाइ सोको निर्माणमा ढिलाइ हुँदै आएको थियो । अब स्वामित्व हस्तान्तरण भएसँगै सङ्ग्रालय निर्माणले गरि पाउने अपेक्षा गरिएको छ ।

प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा आज रु २ करोड ५० लाखको चेक हस्तान्तरण गरिएको छ ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *