‘छुटेका अनुहार’लाई पद्मश्री पुरस्कार,  पद्मश्री सम्मान पन्तलाई 

news-details

खेमलाल-हरिकला लामिछाने समाज कल्याण परिषद् २०७५ सालको ‘पद्यश्री साहित्य पुरस्कार’ निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ कृतिलाई र वर्षको ‘पद्मश्री साधना सम्मान’ इतिहासकार महेशराज पन्तलाई प्रदान गरिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जारी गरिएको छ ।

‘छुटेका अनुहार’मा लेखक सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको चित्रण गरिएको छ । पद्मश्री साधना सम्मान पाएका डा पन्त पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिबद्ध गर्ने अन्वेषक हुन् । डा पन्तले दुई सय बढी शोध लेख्नुका साथै ६ वटा पुस्तक प्रकाशित गरेका छन् । २००९ सालमा पिता नयनराज पन्तले शुरु गरेको संशोधन मण्डलका अभियन्ता डा महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि दुई लाख रूपैयाँ छ । ०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *