स्कटल्यान्डमा मुकुल दाहालको एकल काव्य साँझ सम्पन्न

news-details

डायस्पोरामा रहेको संस्थाले डायस्पोरामै रहेका कविको गरेको पहिलो एकल काव्यसाँझ शनिवार स्कटल्यान्डको एबर्डीनमा शान्त र भब्य वातावरणमा सम्पन्न भयो । नर्थ एन्डरसन ड्राइभमा अवस्थित चर्चको सभाहलमा भएको कार्यक्रमको सुरूवात अनुसन्धानकर्ता तथा कवि मधु सुवेदीको स्वागत मन्तब्यबाट भएको थियो ।

त्यसपछि काव्य समुहका संस्थापक तथा नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्डका अध्यक्ष कवि नविन क्षेत्रीले मुकुल दाहालको बारेमा तयार पारिएको श्रब्यदृश्य प्रस्तुत गरिएको थियो जस्मा कवि दाहालको लेखनसँग सम्बन्धित साहित्यकारहरू कृष्ण धरावासी, युवराज नयाघरे, अमर नेउपाने, शैलेन्द्र साकार र गोपी सापकोटाका विचारहरू समेटिएका थिए साथै मुकुल दाहालकी आमा झुमा दाहाल, पत्नी अनिता दाहाल, दाजुहरू चन्द्रशेखर दाहाल र खगेन्द्र दाहालका सन्देस लगायत दाहालका विध्यालय कालिन साथीहरू भीष्म उप्रेतीका, शरद नेउपाने र रश्मीशेखर सुवेदीका सुभकामना पनि समेटिएका थिए ।

अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र बिजय सापकोटा सहभागी हुनुभएको थियो। दुइ चरणमा प्रस्तुत गरिएको कार्यक्रमको मध्यभागमा स्थानीय कलाकारहरू टक थापा, रेनुका ढकाल र सीमा दर्नालका सांगितिक प्रस्तुति रहेका थिए ।

प्रथम चरणमा दाहालले ‘एक मिनेटसँग’, ’एक दीर्घरोगीको मनोवाद’, रंगहरू’, ‘प्रेमपत्र’ र ‘अलमल र प्रेमको रस’ शिर्षकमा कविताहरू पढिरहँदा दर्शकहरू मन्त्रमुग्ध भएका थिए भने दोश्रो चरणमा दाहालले परदेशसँग सम्बन्धीत ‘देस सँग’, ‘उनीहरू जो अन्तै अस्ताए’ र ‘परदेसबाटै आमाको विदाई’ शिर्षकमा कविताहरू वाचन गरेका थिए ।

देसमा आफ्ना बुवा वा आमाको देहान्त भएको बेला परदेसबाट अन्तिम संस्कारमा जान नसक्दाको पीडालाई विषय बनाइ लेखिएको कविता ‘परदेसबाटै आमाको विदाई’ वाचन गर्दा श्रोताहरू भावविह्वल भएका थिए । तीन घन्टा निर्वाध चलेको कार्यक्रम सन्चालन दिलिप उप्रेतीले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *