भाषा र संस्कृतिको सही सदुपयोग गर्ने नेपाली धनी बन्छ : अध्यक्ष तिमिल्सना

news-details

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल भाषा र संस्कृतिमा धेरै धनी देश भएको बताउनुभएको छ ।

काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज’ विषयक सांस्कृतिक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृति विभाग र अनुसन्धान, उद्यमशीलता एवं दिगो विकास केन्द्र, धनगढीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको प्रकृति, धार्मिक, भाषा र संस्कृतिलाई सही सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले एउटै विषयबस्तुलाई नेपाली, संस्कृत र अंग्रेजी भाषामा प्रकाशन सुरु गरेको त्रैमासिक पत्रिका ‘प्रसङ्ग’ को बिमोचन गर्नुभएको थियो । पत्रिका बिमोचनछि उहाँले नेपालमा रहेका विभिन्न भाषा, संस्कृतिलाई प्रबद्र्धन गरी विश्वभर चिनाउनुपर्ने बताउनुभयो । प्रसङ्ग पत्रिकाले तीन भाषालाई एउकै ठाउँमा जोड्ने उद्देश्यले थालेको प्रकाशन प्रशंसनीय भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले संकृत भाषाको जगेर्ना, नेपाली भाषाको अन्तर्रा्ष्ट्रियकरण र कला, साहित्य, संस्कृतिको क्षेत्रमा योगदान पुग्ने भएकाले यसरी तीन भाषामा पत्रिका प्रकाशन गरिएको बताए। उनले तीन-तीन महिनामा प्रकाशन हुने यो पत्रिकामा कुनै न कुनै विशेष विषयलाई उठान गरिने जानकारी दिए। उनले यो अंक संस्कृति विशेषांक बनाइएको बताए ।

कार्यक्रममा पत्रिकाका प्रकाशक उर्मिला पनेरुले समाजमा बौद्धिक योगदान गर्ने अवधारणसँगै आएको पत्रिकाले समाजलाई केही सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

पत्रिकामा संस्कृत भाषाको सम्पादन डा. रामप्रसाद पौडेलले गरेका छन् भने अंग्रेजी भाषा सम्पादन डा. देवराज पनेरुले गरेका छन् ।

कार्यक्रममा पत्रकार मनिषा अवस्थीले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *