साहित्य : मलेसियामा डोलबहादुरको दिनचर्या
- फाल्गुन ११, २०७५
- 0
‘कस्तो कडा गन्ध !’ डोलबहादुरले छेउको साथीलाई भन्यो ।
दुई दिनअघि डोलबहादुरहरू काठमाडौँमा थिए । आज उनीहरू मलेसिया पुगिसकेका छन् । एक महिनाअघि धनकुटाको विकट गाउँबाट एकैचोटि ऊ काठमाडौँ पुगेर मलेसिया टेक्न पुगेथ्यो । मलेसिया टेक्दा राति भइसकेको थियो । डोलबहादुर र उसका साथीहरू एअरपोर्टबाट निस्कनै लाग्दा एउटा मोटेले बोलायो । त्यसपछि उनीहरू रातारात गरी जोहोरबारु पुगेका थिए । बाटोभरि ऊ मस्तले निदाएको थियो ।
तीन दिनसम्म उनीहरू एउटा ठूलो कोठामै बसे । चौथो दिन उनीहरूलाई एउटा फराकिलो चौर नघाएर लामो टहरातिर लगियो । ढोका खोलेर भित्र पस्ने बित्तिकै उसको नाकमा ठोक्कियो एकदमै कडा गन्ध । त्यो गन्धले एकछिन त ऊ तिर्मिरायो ।
भित्र पसेपछि डोलबहादुरलाई काम सिकाए । काम थियो बिस्कुटको बट्टाको खोलको स्टीकर छाप्ने । ठूला–ठूला मेसिनमा छापिएर आएको स्टीकर भेला पार्ने, मसी हाल्ने, मेसिन हेर्ने यताउता कुदिरहनुपर्ने खालको थियो । ठूला–ठूला राता, हरिया, पहेंला र सेता बत्तीहरू बलिरहेका देखिन्थे । डोलबहादुरले त्यो दिन काम सिक्यो । उसका हात चलेनन् त्यो दिन ।
यो कुना, त्यो कुना गर्दै डोलबहादुर ठूला टहराको कोठाभरि हिँडिरह्यो । उसलाई अर्को सुपरभाइजरले सबै कुरा देखायो ।
कुनाकानी घुमिरहँदा उसलाई निकै चोटि हाँच्छयुँ आयो । ‘एक दिन त यस्तो छ । चार वर्ष कसरी टिकिएला ?’ डोलबहादुरले प्रश्न ग¥यो ।
दिनभरि कारखानाभित्र खुबै घुम्यो ऊ । बाहिरबाट सानो देखिए पनि भित्र निकै ठूलो र तलैतलाको थियो कारखाना । डोलबहादुर छक्कै प¥यो । ‘कहिले बनेको होला यो ?’ ऊ सुपरभाइजरले देखाएको बाटो यताउता गइरह्यो ।
साँझपख डोलबहादुरलाई बाहिर ल्याएर सबै देखायो । ठूला–ठूला रुखहरूले घेरिएको र फूलैफूलको बगैंचा थियो । डोलबहादुरले सरर्र हे¥यो । बाहिर ठूलो कम्पाउण्ड थियो । कम्पाउण्डमा अरु धेरै ठूला–ठूला भवनहरू थिए । लस्करै गाडीहरू थिए ।
राति अबेरसम्म उसलाई सुपरभाइजरले अरु धेरै कुरा देखायो । बुझे पनि, नबुझे पनि डोलबहादुर साथीहरूसँग पछि–पछि लागेर कुदिरह्यो । गार्ड, पसल, पानी, फायर आदि अनेक भवनहरू थिए । डोलबहादुरले ती सबै हे¥यो ।
राति अपार्टमेन्टमा पस्दा दस बजिसकेको थियो । भोलिपल्टदेखि उसको काम सुरु भयो । ऊ बिहानै जान्थ्यो । साँझ फत्तक्कै गलेर कोठामा भित्रिन्थ्यो । मेसिनसँगै कुद्नु पथ्र्यो ।
‘कुद्दा–कुद्दै मरिन्छ होला !’ एकहप्ता पछि मेसिन बिग्रेर तल खसिरहेको रातो मसी पुछ्दा बल्ल उसलाई सोच्ने फुर्सद भयो ।
बिहान झिसमिसेमा उसलाई कुदेर कारखाना आइपुग्न गा¥है पथ्र्यो । राति नै ऊ एक थाल भात भुटेर प्लास्टिकको बट्टामा प्याक गथ्र्यो ।
दिनभरि कागजका चाङमा ऊ कुदिरहेको हुन्थ्यो । बटारिएका कागज मिलाउन निकै पर–पर सम्म दगुरिरहेको हुुन्थ्यो । ‘हत्तेरिका !’ एक महिनापछि बल्ल उसले सुस्केरा हाल्ने मौका पायो ।
साथीहरूको ताल पनि त्यस्तै थियो । एकदमै मिल्ने थिए– राम, किर्तन, श्याम र नारायण । यी कसैसँग पनि उसको भेट भएन । साथीहरू पनि सँधै व्यस्त हुन्थे । ‘छुट्टीमा भेट्नु पर्ला !’
उसले दुई महिनापछि साथीहरू भेट्ने योजना ग¥यो । डोलबहादुरले नारायणलाई त भनेथ्यो । तर छुट्टीका दिन उनीहरू बिहानै घुम्न गएछन् । ‘साथीहरूले मलाई छोडेर गएछन् ।’
ऊ खिन्न भयो ।
छ महिनासम्म काममा मात्रै जोतियो ऊ । यताउता कतै गएन । ‘कहाँ जाने ?’ ‘देखेको छैन । नदेखेको ठाउँमा कसरी एक्लै जानु ?’ डोलबहादुरले मनमनै कुरा ग¥यो ।
ऊ बिहानै काममा जान्थ्यो । हिजोआज ओभरटाइम पनि उसले पाएको छ । डोलबहादुरको काम अरुले पनि मन पराए । ‘काम गर्न त आइएको हो ?’
राति तीन बजेतिर आँखा झपक्क लाग्न खोज्दा उसका मनमा कुरा खेले । उसले आँखा मिचेर आफैलाई उत्तर दियो– ‘मलेसिया त यस्तो पो रै’छ ।’
भोलिपल्ट दिनभरी सुत्यो । साँझपख उसले बाहिरपट्टि आएर हे¥यो । ढोकामा एकजना नयाँ मान्छे उभिइरहेका थिए । ‘डोलबहादुर होइन तपाईं ?’ चिनाजानी भयो उनीहरूको ।
दलबहादुर जोहोरबारु आएका रहेछन् अर्कै ठाउँबाट । कम्पनी फेरेर आएका उनी यसअघि क्वालालम्पुरबाट अझै परको शहरमा काम गर्थे ।
डोलबहादुरको नाम अरुले नै सुनाइदिएका रहेछन् । राति अबेरसम्म उनीहरूले घर, इष्टमित्र, नातागोता, परिवार, कमाइबारे कुरा गरे । दलबहादुरले आपूmलाई क्वालालम्पुरको भीडभाड भन्दा यस्तै एकान्तको गाउँ मन परेको बताए ।
‘अनि फोटोमा त ठूला–ठूला घर, समुन्द« पो देखिन्थ्यो त मलेसियामा !’ डोलबहादुरले भन्यो । दलबहादुर मुसुमुसु हाँस्यो मात्र ।
अर्को दिन बिहानै दलबहादुरले दरोसँग हात मिलाएर भने– ‘मेरो अपार्टमेन्ट पल्लो चैं रहेछ । हामी भेटघाट गर्दै गरौंला ।’
डोलबहादुरको काम एकै पाराको थियो । कारखानाभित्र पसेपछि एकै छिन फुर्सद मिल्दैनथ्यो । मेसिनमा मसी हालेर घोलिरहेको बेला बल्ल ऊ पानी खाने मौका पाउँथ्यो ।
छुट्टीमा ऊ सडक पारितिरका अग्ला घरतिर हेर्दै कल्पन्थ्यो– ‘बजार छ कि क्या हो त्यतातिर पनि !’
तर त्यता जाने आँट गरिहाल्दैनथ्यो । रहर भए पनि उसको मन डराउँथ्यो । ‘हराइयो भने नि !’ डोलबहादुरका खुट्टा काप्थे ।
‘आ, होस् !’
ऊ फेरि अपार्टभित्रै पसेर लुगा धुन्थ्यो । कोठा सफा गथ्र्यो । यताउता छरिएका सामानहरू मिलाउँथ्यो ।
‘घुम्न जाँदा बेकारमा हराइयो भने बर्बार्दै हुन्छ !’ अनि डोलबहादुर मस्तले सुत्थ्यो । उसका सपनामा अग्ला–अग्ला घरहरू आउँथे, जान्थे । ऊ घुरी–घुरी छुट्टीका दिनमा सुतेर आनन्दित हुन्थ्यो । एक वर्षसम्म उसको दिनचर्या उस्तै भयो ।
बिहानै उठ्यो । राति नै तयारी गरेको भात, चिउरा, रोटीको बट्टा झोलामा हाल्यो । कारखाना पस्ने टोपी र सेफ्टी ज्याकेट लगायो । माथिसम्म आउने जुत्ता र पञ्जा लगायो । अनि फटाफट लम्किने गथ्र्यो डोलबहादुर ।
‘फुर्सदमा त समुन्द«तिर जानु नि घुम्न !’ कारखानाका अरु साथीहरू उसलाई भनिरहन्थे । उसले धेरै पटक सुन्यो साथीहरूको सल्लाह । ‘जाउँ कि क्या हो ?’ उसले एक दुई चोटि त मन पनि बनायो । फेरि उसका मनमा कुरा खेले । ‘मलेसियामा जताततै लुटपाट हुन्छ । नाङ्गेझार पारेर लुटेराले जंगलमा धेरैलाई छोडेका छन् ।’
कारखानामै उसले सुनेको पनि थियो । त्यसपछि त उसलाई जाने आँटै आएन । त्यसै–त्यसै मन मरेर गयो ।
‘कमाउन आएको सबै लुटाएर फर्किनु प¥यो भने …… !’ डोलबहादुरको मन झन् डरायो ।
तीन वर्षसम्म अपार्ट, कारखाना गरेर उसका दिनहरू बिते । त्यै कोठामा कति जन्मदिन मनाइए । कतिका बाबु–आमा मरेका खबरहरू सुनिए । कतिका छोराछोरी जन्मेका खबर आइपुगे ।
सा¥है मन खिन्न हुँदा डोलबहादुर झ्यालमा बसेर पर–पर हेथ्र्यो । त्यहाँ बाक्लो जंगल मात्र देख्थ्यो । आँखाले नदेखिने परसम्म हरियो जंगलको तह–तह देख्थ्यो । मन शीतल हुन्थ्यो ।
डोलबहादुरले ठूला–ठूला सडक देखेन, समुन्द्र देखेन, भवनहरू देखेन । उसले अरु विकास र उन्नतिका कुनै पनि संकेत देख्न पाएन ।
पाँच वर्षपछि ऊ नेपाल फर्कियो । यतिन्जेलमा उसको नाकले कारखानाको गन्ध पचाइसकेको थियो । डोलबहादुरका शरीरमा थियो मलेसिया आउँदा लगाएको त्यही पुरानो ज्याकेट !