‘युवाका हेराइमा शंकर लामिछाने’ अन्तक्र्रिया सम्पन्न

news-details

शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौंमा प्रसिद्ध निबन्धकार शंकर लामिछानेको जन्मजयन्ती मनाइयो ।

जन्म जयन्ती कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्यााम लेकाली, संरक्षक तथा शंकरपत्नी रत्ना लामिछाने, सविता ढुंगाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शंकर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए ।

यसै गरी ‘युवाका हेराइमा शंकर लामिछाने’ सत्रमा निबन्धकार युवराज नयाँघरे, डा.ज्ञानु अधिकारी, रामप्रसाद पन्त, पवन आलोकले शंकरको लेखन कलाबारे चर्चा गरेका थिए । सबै वक्ताले शंकरको लेखनले नेपाली साहित्य सधैँ आलोकित हुने कुरा समेत बताएका थिए ।

अन्तक्र्रियामा डा. शान्ति गिरी, जयदेव भट्टराई, किशोर पहाडी, पद्मावती सिंह लगायतले पनि नेपाली निबन्ध र साहित्यमा शंकरको उँचो परिचय रहेको धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *