सिर्जनात्मक लेखन कला तथा यात्रा पर्यटन साहित्य कार्यक्रम सम्पन्न

news-details

रुकुम जिल्लामा सिर्जनात्मक लेखन कला अभिमुखीकरण तथा यात्रा पर्यटन साहित्य कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको आयोजनामा र घोष्ट राइटिङ नेपालको संयोजनमा मंसिर ३ गतेदेखि सुरु भएको कार्यक्रममा रुकुमका विभिन्न ठाउँमा रहेका साहित्यकार, पारिजात, महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण, लेखक गायक कलाकार पत्रकारहरुसंग भेट्घाट, सिर्जनात्मक लेखन तथा प्रशिक्षण कक्षा संचालन गरिएको थियो ।

सुप्रसिद्ध निबन्धकार युवराज नयाँघरे, पटकथाकार नयनराज पाण्डे, कथाकार पत्रकार अश्विनी कोइराला, कवि भुपिन खड्का, कमल ढकाल र पुर्ण ओलीको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

त्यसैगरी रुकुम पुर्ब र पश्चिममा रहेका विभिन्न पर्यटकिय क्षेत्रमा भ्रमण गरिएको थियो । बाफिकोट गाउपालिकामा अबस्थित स्यार्पुताल, रुकुमकोटमा रहेको कमलताल मुसिकोटको साखमा रहेको ठुलीदह, सानीभेरी, मुसिकोट दरवार, डिग्रेमेला लगायत विभिन्न ठाउँमा साहित्यकारहरुको उपस्थितीमा ट्रेकिङ एंव भ्रमण रचना वाचन गरियो ।

१ करिव २५ जना स्रष्टाहरुको उपस्थितिमा सिर्जनात्मक प्रशिक्षण कक्षा समापनमा नेपालका प्रसिद्ध साहित्यकारहरु निवन्धकार युवराज नयाँघरे, आख्यानकार नयनराज पाण्डे, कथाकार एंव पत्रकार अश्विनी कोइराला, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल र राप्ती साहित्य परिषद्का आजिवन सदस्य पूर्ण ओलीलाई सम्मान गरिएको थियो ।

राप्ती साहित्य परिषद् रुकुम शाखाका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको कार्यक्रमको संचालन सिर्जना शर्माले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *