वैदेशिक रोजगार बोर्डको अत्यावश्यकबाहेक सबै सेवा बन्द

news-details

वैदेशिक रोजगार बोर्डले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ।

शुक्रबार एक सूचना जारी गर्दै विदेशमा मृत्यु भएकाको शव ढुवानी बाहेकका अन्य काम बन्द गर्ने जनाएको हो।

कोभिडको संक्रमण बढ्दै गएसँगै कार्यालयका कर्मचारी संक्रमित भएकाले सेवा प्रवाह बन्द गर्न लागेको बोर्डले जनाएको छ।

आइतबार (९ गते) देखि अत्यावश्यक सेवा लिनुपर्ने भएमा खोप लगाएको कार्ड साथमा लिएर वा मोबाइलमा फोटो खिचेर जानुपर्ने छ।

काठमाडौं जिल्ला प्रशासनद्वारा ६ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने आदेश अनुसार बोर्डले थप कडाइ गरेको हो।

आर्थिक सहायता लगायतका सेवाका लागि स्थानीय तहमार्फत अनलाइन निवेदन दिन बोर्डको अनुरोध छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *