लकडाउनअघि आएका डिमाण्डमा ६ महिनाभित्र कामदार पठाइसक्नुपर्ने

news-details

सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि ६ महिनाको म्याद दिएको छ ।

यससँगै अब म्यानपावरहरूले कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्डमा तोकिएको अवधिभित्र कामदार पठाइसक्नुपर्ने भएको छ । पुरानो मागपत्र पुनः प्रमाणिकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्राय भएकाले व्यावहारिक कठिनाइका कारण ६ महिनाभित्र कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनअघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुने छ ।

वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाइको थियो ।

अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकाले पहिले नै प्राप्त भएका मागपत्रअनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *