संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँचदल एकमत

news-details

सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् ।

शुक्रबार प्रतिपक्षी दल नेपाली काँग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।

बैठकमा काँग्रेसका साथै लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने सहाभागी भएन ।

सत्तारुढ एकीकृत समाजवादीले पनि संसदीय छानविन समिति गठनको जोडदार माग गर्दे आएको छ । काँग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *