संघमा निर्वाचन होइन सहमतिको नेतृत्व छानौ : प्रज्ञान न्यौपाने

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारण सभासहितको निर्वाचन नजिकिदै जाँदा सर्वसम्मत नेतृत्वका आवाज उठ्न थालेका छन् । आगामी पौष ३० गते संघको साधारणसभासहितको निर्वाचन मिति तोकिएको छ ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएशनका पूर्व अध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगारको क्षेत्र सम्मानित बनाउन र संस्था बचाउनका लागि सबै व्यवसायी मिलेर सहमतिको नेतृत्व चयन गर्न आह्वान गरेका छन् । संघको गरिमा उच्च राख्न र व्यवसायीको सुरक्षाका लागि चुनावभन्दा पनि सर्वसम्मतिले नेतृत्व चुन्न आवश्यक रहेको न्यौपानेको ठहर छ ।

कोभिड १९ले थलिएको वैदेशिक रोजगार व्यवसायमा फ्री भिसा फ्री टिकटको अब्यवहारिक व्यवस्थाले व्यवसायीहरु समस्या गुज्रिएको न्यौपानेको भनाई छ । उनी भन्छन्–‘ वैदेशिक रोजगार क्षेत्र दिन प्रतिदिन खस्किदो अवस्थामा छ, फ्री भिसा फ्री टिकटको तरवार आम ब्यबसायीको गर्धन माथि झुन्डाइएको अवस्था छ ।’ उनी यस्तो अवस्थामा चुनावी प्रतिष्पर्धामा उत्रनुभन्दा समस्या समाधानका लागि एक हुनु पर्ने बताउँछन् ।

चुनावी प्रस्तिस्पर्धा लोकतान्त्रिक प्रकिया भएता पनि सस्थाको गरिमा र ब्यबसायीको सुरक्षाका लागि एकता नै आवश्यक भएको न्यौपानेको ठहर छ ।

‘चुनाव लड्ने बेला आ–आफ्ना झण्डा लिएर चुनाव त लडौला, कसैले जितौला अनि कसैले हारौला कसैले फोटो पनि झुन्ड्याउँला तर सबै ब्यबसायीको हक हीत होला र ?’ न्यौपानेले चुनावी मैदानमा उत्रनखोज्नेहरुलाई प्रश्न गरेका छन् ।
अहिलेको अवस्थामा प्रधानमन्त्रीदेखि श्रम मन्त्री तथा सरोकारवाला सबै निकायलाई व्यवसायी एकता देखाएर समस्या समाधान गर्ने सही बेला आएको न्यौपानेको बुझाई छ ।

व्यवसायीहरु एक आपसमा जुँधेर कसैलाई फाइदा नपुग्ने भएकाले वैदेशिक रोजगारको क्षेत्र सधैंको लागि मर्यादित बनाई हाम्रा छोरा नातीलेसम्म यो ब्यवसाय गर्ने सोचका साथ सबै अघि बढ्न न्यौपानेको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *