मलेसियासहित ६ मुलुकमा  ‘प्रहरी सहचारी’ राख्न प्रस्ताव

news-details

प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ मुलुकमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जाको प्रहरी सहचारी राख्न प्रस्ताव गरेको छ ।

२०७८ असोजमा गृह मन्त्रालयलाई त्यसतर्फ आवश्यक पहल गर्नका लागी पत्राचार गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुँवरले सो कुरा बताएका हुन् । त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्रमा सुचना संयन्त्रको विकास गर्नका लागी सो प्रस्ताव गरिएको कुँवरले बताए ।

प्रहरी हेडक्वार्टरले मलेशिया, कतार, साउदी अरब, चिन, बंगलादेश, संयुक्त अरब ईमिरेट्स र संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा प्रहरी सहचारी खटाउन प्रस्ताव गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *