हिमालयन बैंकका अध्यक्ष श्रेष्ठलाई ‘नेसनल एक्स्लेन्स अवार्ड’

news-details

हिमालयन बैंक लिमिटेड तथा न्यू एभरेष्ट कन्स्ट्रक्सनका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई नेसनल एक्स्लेन्स अवार्ड प्रदान गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा डब्लुबिआरले निर्माण तथा बैंकिङ क्षेत्रमा गरेको योगदानवापत श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो । उनको योगदानबाट सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा योगदान पुगेको डब्लुबिआरले जनाएको छ ।

इङ्ल्याण्डका संसद सदस्य विरेन्द्र शर्मा, डब्लुबिआर लण्डनका अध्यक्ष दिवाकर सुकुल, डब्लुबिआर नयाँदिल्लीका अध्यक्ष सोनिया रेवत लगायतले श्रेष्ठलाई अवार्ड प्रदान गरे ।

श्रेष्ठको निर्माण कम्पनीले होटल, विद्यालय, हस्पिलटल, दूतावास लगायत कयौं संख्यामा भवनहरु निर्माण गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *