सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको पहिलो महिनाको एक लाख विजेता घोषित

news-details

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख विजेता घोषणा भएको छ ।

उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १००,००० को मासिक लक्की ड्र मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।

लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १००,००० जित्न सक्ने् उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १०,००० जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *