चाडवाडमा वेस्टर्न युनियनले ल्यायो ‘खुसीको पर्व’ योजना

news-details

काठमाडौं । विश्वकै अग्रणी रेमिट्यान्स भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।

खुसीको पर्व योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियनका सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमीट, माया रेमिट प्राली, नबिल बैक, डिजीटेक रेमिट्यान्स प्राली र सूर्य रेमिट प्राली तथा तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।

यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक रु १५ हजार ८ जित्नेछन् र साथै यो योजनाको अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप रु ५ लाख ८ जित्नेछन् । खुसीको पर्व योजना यहि ७ असोज, २०७५ देखि कात्तिक मसान्तसम्म लागु गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *