प्रभु ग्रुपले ल्यायो डिजिटल वालेट ‘प्रभु पे’
- साउन २४, २०७५
- 0
प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुआत गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले यसको प्रयोग गरी औपचारिक रुपमा सेवा सुभारम्भ गरे ।
यस वालेटको प्रयोगबाट घरमै बसेर मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै यसबाट युनियन पे र क्यूआर कोड स्क्यानमार्फत पैसा तिर्न सकिन्छ । यसैगरी प्रभु पेले नियमित ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको छ ।
सो कार्यक्रममा प्रभु पेकी संचालक कुसुम लामाले चरणबद्ध रुपमा प्रभु पेको प्रयोग गर्ने तरिकाबारे जानकारी गराएकी थिइन् । प्रभु ग्रुपअन्तर्गत बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी, सूचना प्रविधि र व्यवस्थापनसम्वन्धी कम्पनीहरु छन् ।
0 प्रतिक्रिया
दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको […]
पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी […]
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी […]
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औँ […]
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]










