वेष्ट र सिनर्जी फाइनान्सबीच एकीकृत कारोबार शुरु

news-details

वेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले एक कार्यक्रमबीच गरेका हुन् ।

प्राप्ती पश्चात वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । वेष्ट फाइनान्स कम्पनीको चुक्ता पुँजी ८९ करोड ५ लाख रुपैयाँ हुनेछ । जुन रकम हाल सिनर्जी फाइनान्सले जारी गरिरहेको १ः०:२५ प्रतिशतको हकप्रद सेयर गणना गरेपछिको रहेको संस्थाले जनाएको छ ।

एकीकृत कारोबार पश्चात संस्थाको निक्षेप २ अर्ब २४ करोड रुपैयाँ तथा कर्जा लगानी एक अर्ब ९९ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै, संस्थाको कुल सम्पत्ती ३ अर्ब ६० करोड रुपैयाँ हुनेछ । त्यसैगरी, शाखा संख्या १४ र एटीएम संख्या ३ पुग्ने संस्थाले बताएको छ ।

उक्त अवसरमा गभर्नर डा.  नेपालले भने, ‘समस्याग्रस्त संस्था जिम्मा लिएर पनि वेष्ट फाइनान्सले यति राम्रो प्रगति र काम गरेकोमा आश्चार्य लागेको छ’ उनले भने- ‘आगामी दिनमा बेस्ट फाइनान्सले थप प्रगति गर्दै जाओस ।’

प्राप्ती पश्चात वेष्ट फाइनान्स कम्पनीको संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट अध्यक्षमा पदमराज न्यौपाने नियुक्त भएका छन् । त्यसैगरी, संचालकमा राजेन्द्रकुमार (आर.के.) शर्मा, मिलन थापा, कृष्णहरी श्रेष्ठ र सुरज क्षेत्री नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा बेबीजन तिमल्सिना र महेशप्रसाद अधिकारी तथा स्वतन्त्र संचालकमा बिमल ढकाल नियुक्त भएका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका मध्यपूर्वी संयोजकसमेत रहेका वेष्ट फाइनान्सका संचालक सदस्य आरके शर्माले फाइनान्सले विदेशमा रहेका नेपालीहरुको पूजिलाई आगामी दिनमा थप भित्र्याउन पहल गर्नेसमेत बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *