रंगमञ्चदेखि चलचित्रसम्म जेबिडिसीको तीन दशक लामो कलायात्रा, ‘विशेष कलाकार सम्मान–२०८३’बाट सम्मानित

news-details

काठमाडौं । नेपाली रङ्गमञ्च, रेडियो नाटक, टेलिचलचित्र तथा चलचित्र क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै अभिनय र निर्देशनमार्फत महत्वपूर्ण योगदान पुर्‍याएका वरिष्ठ कलाकार जे.बी. डी.सी. (जुद्धबहादुर डी.सी.) लाई एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले ‘विशेष कलाकार सम्मान–२०८३’ प्रदान गरेको छ।

संस्थाले आफ्नो १४औँ वर्ष प्रवेश को अवसरमा आयोजना गरेको ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३’ मा कलाकार डी.सी.लाई सम्मान गरिएको हो।

दाङको घोराही उपमहानगरपालिका–१२ निवासी जे.बी. डी.सी. वि.सं. २०५४ सालदेखि नेपाली कला क्षेत्रमा सक्रिय छन्। उनले रङ्गमञ्च, रेडियो नाटक, टेलिचलचित्र, लघु चलचित्र तथा नेपाली चलचित्रमा प्रभावशाली अभिनय प्रस्तुत गर्नुका साथै सफल निर्देशकका रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्।

सम्मानपत्रमा उल्लेख गरिएअनुसार अभिनयकला, समर्पण, लगनशीलता र सिर्जनशीलतामार्फत उनले नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। यही योगदानको उच्च मूल्याङ्कन गर्दै एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले उनलाई ‘विशेष कलाकार सम्मान–२०८३’ बाट सम्मानित गरेको जनाएको छ।

संस्थाले सम्मानले कलाकार डी.सी.को सिर्जनात्मक यात्रालाई थप ऊर्जा, प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि कला क्षेत्रमा निरन्तर योगदानको कामना गरेको छ।

यो सम्मानले जे.बी. डी.सी.ले दशकौँदेखि नेपाली कला क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको कदर गर्नुका साथै उनी नेपाली अभिनय र निर्देशन क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्व भएको पुनः पुष्टि गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया