ओजस थिएटर रातो पुल काठमाडौँको प्रस्तुति तथा हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकमा डाक्टर गोदत्तको भूमिका निभाएका कलाकार जे.बि.डीसीको चर्चा निकै चुलिएको छ ।

ओजस थिएटर रातो पुल काठमाडौंमा नियमित मञ्चन भैरहेको उक्त नाटक यसअघि गत साउनमा बुटवलमा एक हप्ता प्रदर्शन गरिएको थियो । यस्तै विशेष शो अन्तर्गत मंसिर १ गते केएमसी कलेजको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा, मंसिर ५ र ७ गते राष्ट्रिय नाचघरमा, मंशिर ८ र ९ गते युनाइटेड कलेज कुमारीपाटी ललितपुरमा मञ्चन भएको नाटक मंसिर १५ गते बनेपा, काभ्रेपलान्चोकमा मञ्चनको तयारी भैरहेको छ ।

‘एक चिहान’ नाटकमा ‘गोदत्त’को भूमिका निभाएका डीसीको चर्चा

मंसिर महिनाभर नियमित मञ्चनका अलवा विभिन्न कलेजहरुको सह-कार्यमा काठमाडौंमा विशेष शो मञ्चन हुने जानकारी ओजस थिएटरले गराएको छ ।

“एक चिहान“ उपन्यासलाई नाट्य रूपान्तरण हर्क मगरले गरेका हुन भने यसको निर्देशन सागर कार्कीले गरेका छन ।

नाटकमा जे.बि.डीसीका अलवा मदन थापा, कल्पना थापा, रीताा थापा, सानु पाण्डे, आशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लब खडका, उज्जवल राई, समिर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खडका, रश्मि गुरुङ, अञ्जना दुलाल र प्रदिप विश्वकर्माको अभिनय रहेको छ ।

‘एक चिहान’ नाटकमा ‘गोदत्त’को भूमिका निभाएका डीसीको चर्चा

नाटकमा डाक्टर गोदत्तको भूमिका निभाएका जे.बि.डीसीको अभिनयलाई बुटवल तथा काठमाडौंका दर्शकहरुले अत्याधिक मन पराएका छन । डीसी नाटकमा आफ्नो चरित्रमा खरो रूपमा प्रस्तुत भएका छन  । हरेक शो को मन्चन पश्चात गोदत्तको भुमिकाले वाहवाही प्राप्त गरेपछि यसबेला नाटक एक चिहान गोदत्तमय बनेको छ ।