‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ बिहीबार बाँडिएको छ । काठमाडौँमा आयोजित एक समारोह बिच बाँडिएको अवार्डमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर ‘विशिष्ट नारी सम्मान’ प्रदान गरियो ।
कार्यक्रममा अभिनेत्री दीपाश्री निरौला र गायिकाद्वय मञ्जु थापा र हरिमाया गुरुङले ‘नारीरत्न सम्मान प्रदान’ प्राप्त गरे । त्यस्तै राधिका अधिकारी, विनीता कुँवर क्षेत्री र सम्झना धमलाले ‘म्युजिक खबर कला सम्मान’ पाए । कार्यक्रममा सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठ, मञ्जु सिंह , गंगा पन्थ, मनुकुमारी पन्त, पूजा क्षेत्रीले समेत सम्मान प्राप्त गरे । संघीय सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्डका अध्यक्ष सबिता पोखरेल, साहित्यकार राधेश्याम लेकाली, युवराज नयाँघरे लगायतले सम्मान प्रदान गरे ।
सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवालले र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल गरेको कार्यक्रममा सरिता भारती, दीपक शर्मा, दीपक घिमिरे, सुजाता केसी÷एलिना चौहान, विष्णु न्यौपाने, समित परियार, श्रीराम पौडेल, कुमारी रेग्मी, विन्दु पौडेल, विजय पुन, करिश्मा ढकाल, रितु तामाङ र सलिना नेपाली, शिवन पोखरेल, मुकेश नेपाली, दुर्गा पौडेल, गीता वि.क, मञ्जु पौडेल, लक्ष्मी पुरी प्रधान, ज्योति खड्का, विष्णु भण्डारी, रेशम चौधरी, सन्जु न्यौपाने लगायतले अवार्ड प्राप्त गरेका थिए ।








