बालबालिकाको प्रतिभा, बौद्धिक क्षमता तथा सुन्दरता उजागर गर्ने उद्देश्यले राष्ट्रिय नाचघर जमलमा आयोजित जुनियर भग २०८२ प्रतियोगिता बिजेता छनोट गर्दै सम्पन्न भएको छ । नेशनल इन्ष्टिट्युड अफ आर्ट एण्ड फेशन टेक्नोलोजीद्धारा आयोजित उक्त प्रतियोगितामा २४ जना छात्र तथा छात्राहरुको सहभागीता रहेको थियो ।

प्रतियोगिताको छात्र तर्फको बिजेता राजु नेपाली भए यस्तै फस्ट रनर अप विशाल साही र सेकेण्ड रनर अप प्रियन्स चौधरी घोषित भए । त्यस्तै छात्रा सिनियर तर्फ निलिसा मगरले उपाधी चुम्दा गृवानी वैध फस्ट रनर अप र दिपीका काफ्ले सेकेण्ड रनर अप भएका थिए । छात्रा जुनियर तर्फ भने सल्भीया डंगोलले उपाधी जित्दा दिपिका गहतराज फस्ट रनर अप र इरिका महर्जजन सेकेण्ड रनर अप घोषित भए ।

प्रतियोगितामा वेष्ट परफरमेन्स प्रियन्स चौधरी, वेष्ट डिसिप्लेन सुप्रिया व्यानजनकार, वेष्ट डे«स आयुषा श्रेष्ठ, वेष्ट ट्यालेन्ट दिपीका काफ्ले, वेष्ट क्याटवाक गृवानी वैध, वेष्ट पर्सनालीटी भावना वम ठकुरी, वेष्ट फोटोजेनिक सुप्रिया व्यानजनकार, वेष्ट क्युटनेस इरिका महर्जन र वेष्ट सोसियलाईजको अवार्ड निलिसा मगरले हात पारिन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि ई महेन्द्र गुरुङ , चलचित्र पत्रकार संघका निर्वतमान केन्द्रिय उपाध्यक्ष आर. डी श्रृंखला, मिठो सगुन लिटोका निर्देशक सागर कार्कीको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व नेशनल इस्टिट्युटका अफ आर्ट एण्ड फेसन टेक्नोलोजीकी निर्देशक विनिता श्रेष्ठले गरेकी थिईन् ।

सबै समूहका विजेता, फस्ट रनर अप, सेकेण्ड रनर अप लगायत विभिन्न क्याटेगोरीका सहभागीहरुलाई प्रमुख अतिथि, अतिथिहरु, निर्णायक मण्डल, सभापतिलगायतले ताज सहित मिठो सगुन लिटो, चाउचाउ, चोकोपन लगायत विभिन्न गिफ्ट ह्याम्पर्स हस्तान्तरण गरेका थिए ।