चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘हिजोसम्म मेरै थियौ’ भन्ने बोलको नयाँ गीत सार्वजनिक भएको छ । निर्देशक तथा मोडल देवराज आचार्यको निर्देशनमा रहेको यो गीत भर्खरै सार्वजनिक भएको हो ।
एण्टरटेन्मेन्ट हाउस प्रा।लि। को प्रस्तुति रहेको यस गीतले प्रेम, विछोड र भावनात्मक सङ्घर्षको कथा देख्न सकिन्छ । गीतमा सहदेव कोइरालाका शब्द र मकबुल खानको संगीत समावेश गरिएको छ । त्यस्तै, महिला मोडलको रूपमा मीना सुवेदीको अभिनय देख्न सकिन्छ। गीतको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन पदम सुबेदीले गरेका छन्। भिडियोलाई कलात्मक ढङ्गले निर्माण गरिएको छ, जसले गीतको भावनालाई अझ प्रभावशाली बनाएको छ।
‘हिजोसम्म मेरै थियौ’ गीत म्युजिक अफ नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। सार्वजनिक भएको केही समयमै गीतले उल्लेखनीय दर्शक संख्या बटुल्दै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
https://www.youtube.com/watch?v=4rdllhY5Nss








