इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

news-details

भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमिनेसन गरिएको हो ।

झापा हल्दीबारीका मेनुका दृष्टिविहीन छिन् । तर उनको गायिकी भने प्रशंसानीय छ । उनकोे गायिकीले इण्डियन आइडलमा प्रशंसा बटुलेको थियो । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले समेत उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई ‘दोस्रो लता मंगेश्कर’ भनी प्रशंसा गर्नेहरू पनि थिए ।

उनी आज घर फर्किदैछिन् । मुम्बईबाट विहान साढे १० बजे बागडोगरा विमानस्थल ओर्लिनेछिन् । उनलाई बाजागाजासहित स्वागत तथा सम्मान गर्ने तयारी रहेको पारिवारिक श्रोतले जनाएको छ । झापाबाट उनका प्रशंसकहरू बागडोगरा विमानस्थल पुगेका छन् ।

इन्डियन आइडलको टप १० मा पुगेर विश्वभर नेपालीलाई चिनाउने काम गरेको भन्दै मेनुकालाई गृहपालिका हल्दीबारी र यहाँका सप्तक संगीत विद्यालय सहित संघसंस्थाले सम्मान गर्ने कार्यक्रमसमेत राखेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *