‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’ गायिका मिरा राणालाई

news-details

विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गर्ने भएको छ ।

फाउण्डेसनको शनिबार राजधानीमा सम्पन्न दशौं वार्षिक भेलाले गायिका राणालाई १ लाख रुपैंयाँ राशीसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो ।

भेलाले संगीतकार भूपेन्द्र रायमाझीलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०८०’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी ५० हजार रुपैंयाँ छ ।

त्यस्तै, पत्रकार शान्तिप्रियलाई २५ हजार रुपैंयाँ राशीको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले फाउण्डेसनका दिवङ्गत सल्लाहकार तथा गायक र संगीतकार प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०८०’बाट युवा गायक रुपक डोटेललाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी नगद २५ हजार रुपैंयाँ छ ।

यसैगरी स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८०’ लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी २५ हजार रुपैंयाँ छ ।

विन्ध्यवासिनी म्यूजिकका कार्यकारी निर्देशक सुवास रेग्मीले स्रष्टा र पत्रकारको योगदानको सम्मान र कदर गर्दै विगतका वर्ष झैं यसवर्ष पनि सम्मानित गर्न लागिएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *