वरिष्ठ गायक योगेश वैद्यको निधन

news-details

वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।

बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका वैद्यलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । वैद्य बासु शशी स्मृति परिषदका सल्लाहकार पनि हुन् । वैद्य लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।

गायक वैद्य ७७ वर्षका थिए । ्उनले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा विताएका थिए ।

वैद्यको परिवारमा श्रीमति, एक छोरा र दुई छोरी छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *