नेपाली प्रख्यात र्‍यापर महेश दोङले जापानको नागोया शहरमा सांगितिक प्रस्तुती दिदै

news-details

जापानमा “द हिमालयन प्रोडक्सन”को आयोजनामा हुन लागेको सांगितिक कार्यक्रममा नेपालका चर्चित प्रख्यात र्‍यापर महेश दोङ अर्थात् स्टेज नेम (दोङ) ले बेजोड प्रस्तुति दिने भएका छन ।

जापानको सकाए निशिकी-कू टिभि टावर अगाडी भएको “उतागे नागोया” भेन्यूमा बेजोड प्रस्तुति दिने द हिमालयन प्रोडक्सनका म्यानेजिंग डाइरेक्टर राजिव लामाले जानकारी दिएका छन ।

डिसेम्बर ३० तारिक २०२३ (शनिबार) बेलुकी ४ बजेदेखि ८ बजेसम्म हुने उक्त सांगितिक कार्यक्रममा र्‍यापर दोङसंगै नेपालबाट जापानमा बसोबास गर्ने स्थानीय कलाकारहरु राजिव लामा, प्रदिप तामाङ र आफ्टर पार्टीमा (डिजे लाहूरे) ले समेत आफ्नो प्रस्तुति दिने भएका छन ।

जापानमा बसोबास गर्ने नेपाली र नेपालीलाई माया गर्ने जापानीजहरुको समेत कार्यक्रममा भव्य सहभागिता रहने छ । आयोजकले कार्यक्रममा ५ सय जना भन्दा बढीको सहभागिता हुने जनाएको छ ।

सहभागिताका लागि प्रोडक्सनमा रहेको ६ जनाको टिम कान्छ पुन, दावाङ दोर्जे लामा, प्रदिप तामाङ, सुरेन पौडेल, सरोज लामा र राजिव लामाले टिकट धमाधम बिक्रि भएको भन्दै अग्रिम बुकिङका लागि आग्रह गरेका छन् ।

टिकटका लागि बिद्यार्थीलाई सहुलियत ३ हजार, सर्वसधरणलाई ४ हजार र भिआईपी पासका लागि १० हजार येन निर्धारण गरीएको छ । टिकटसंगै प्रस्तुति हेरेर मनोरञ्जन लिने दर्शकहरुलाई वन ड्रिंक को व्यवस्था निःशुल्क गरीएको छ । नागोया शहरमा रहेका प्रत्येक नेपाली रेष्टुरेण्ट र हलाल फूडमा टिकट लिन सकिने व्यवस्था गरिएको आयोजक लामाले जानकारी दिए ।

मनोरञ्जन लिन र गीत संगितमा झुम्न “द हिमालयन प्रोडक्सनले” नागोयाबासी र नागोया आसपास रहेको शहरमा बसोबास गर्ने नेपालीलाई कार्यक्रममा सहभागीताका लागि आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *