‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज

news-details

रियालिटी शो ‘एनआरएन द सिङगर’ को ग्रान्ड फिनाले आज हुने भएको छ ।

आइतबार दिउँसो काठमाडौंमा लाइभ प्रस्तुतिपछि विजेता र उप विजेताहरुको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

’एनआरएन द सिंगर’ को सुरुमा अडिसनका लागि खुलारुपमा एनसीसीमार्फत् आह्वान गर्दा ८७ देशका एनसीसीहरुलाई पत्राचार गरिएको थियो । त्यसमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो ।

त्यसमध्ये आयोजक र निर्णायकले उत्कृष्ट ४० जनाको छनोट गरेका थिए । उत्कृष्ट ४० जनाको प्रस्तुति टेलिभिजनमा प्रसारण भएपछि ३ जना निर्णायकहरु शम्भु राई, शर्मिला बर्देवा र रुपककुमार शाहीको समूहले २० जनालाई अर्को चरणमा प्रवेश गराएका थिए ।

२० जनाको प्रतिस्पर्धामा ५ जना बाहिरिएपछि सहभागीहरु उत्कृष्ट १५ मा पुगेका थिए । उत्कृष्ट १५ बाट अहिले ग्रान्ड फिनालेसम्म आइपुग्दा पाँच जनाले उपाधिको लागि प्रतिस्पर्धा गरेका छन् ।

उपाधिका लागि कर्मा दोङ तामाङ, विष्णु क्षेत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमली गरी पाँचजना प्रतिस्पर्धी छन् ।

उपाधि विजेता अनलाइन भोटिङको आधारमा टुंगो लाग्ने आयोजक युनिटेकका सुरज राईले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *