एक हप्ता अगाडि बजारमा आएको युवा गायक वाङछिरीङ भोटियाको गित निकै चर्चामा छ । चलेकी गायीका समिक्षा अधिकारी र वाङछिरीङको स्वर रहेको बर्दिवासको घामले स्रोताहरुको मन जितेको मात्र हैन, अहिले टिकटकमा पनि बर्दिवासको घाम एकछिन शितल बसेर पूर्वतिर जाम….ले निकै नै चर्चा बटुलेको छ । हुन त संखुवासभाको दुर्गम भोटखोलामा जन्मिएका युवा गायक भोटियाले सानैदेखि गित संगितमा रुचि देखाएका हुन् ।
संमिक्षा अधिकारीसंग हैसेमा होस्ठे मिलाएर निकै मिठो स्वर पस्केका यि गायकको बर्दिवासको घामले दर्शक र स्रोताको मन जिते संगै सांगितक फाँटमा उन्को उचाई पनि ह्वात्तै बढेको छ । जीवनलाई संगितमय बनाउने उन्को रहर सानै उमेरदेखिको हो । २०६८ तिरै उन्लाई कलेजको फि तिर्न घरबाट दिएको २५ सय रुपैया लिएर संखुवासभाको भोटखोलाबाट काठमाडौ भागेका उन्ले अहिलेसम्म चारवटा गित रेकर्ड गरी सकेका छन् ।
२०६९ तिरै उन्ले अहिलेकी चर्चित गायिका अञ्जु पन्तसंग तिमिले छोडि गएपनि बोलको गित ल्याएर त्यतिबेला चर्चा कमाए । गाउँबाट भागेर आएको केटोले यहाँ भन्दा बढी के पो गर्न सक्थ्यो ? काठमाडौमा आएर काम नपाउँदा धेरै हण्डर खाएका उन्ले भोगेको दुःखको त कुरै नगरौ । पहिलो पटक जसोतसो केहि खर्च गरेर प्रीज्म रेकर्डिङ स्टुडियोबाट गित बजारमा ल्याउन सफल भए । तर यतिले मात्र गितसंगितमा उन्को तिर्खा मेटीएन । उन्ले फेरी दोस्रो कोसेलीको रुपमा तिमिलाई देखेसी बोलको गित बजारमा ल्याई छाडे । यो गित ले पहिलो गितझै चर्चा पाउन नसेपछि उन्ले थप २०७८ मा आफ्नै संगितमा माछी खोलीमा बोलको गित चर्चित गायिका मेलिना राईसंग गाउँदै उन्ले अर्को उचाई थपे । जुन माछि खोलीमा टिकटिकमा पनि त्यति नै चलेको छ ।
मेलिना राईसंगै बिभिन्न स्टेज कार्यक्रममा सांगितिक प्रस्तुति दिएका उन्कालागि अहिले भ्याई नभ्याई छ । योसंगै उन्लाई अहिले गित रेकर्ड गर्न पनि भ्याई नभ्याई छ । एक पछि अर्को सफलता पछि सुरीलो स्वरका धनि भोटियाले गितसंगितले सुगम र दुर्गम चिन्दैन भन्ने कुरालाई विश्वास गर्दे आफ्नै मेहनतमा चौथो केशेली बर्दिवासको घाम बजारमा ल्याएका हुन् । चर्चित गायिका समिक्षाअकिकारीसंगै उन्को स्वर रहेको म्यूजिक भिडयो अलिहे युट्युवमा नि धेरैले हेरेर प्रतिक्रिया दिई रहेकाछन् ।
बर्दिवासको घामले युवा युवा गायक वाङ छिरीङ भोटियाले सांगितिक फाँटमा अर्को सफलता प्राप्त गरेका हुन् । पूर्व–पश्चिमको मायाँलाई जोड्दै उक्त भिडियोमा कलाकारहरुले आफ्नो पर्फम जादूगर रुपमा पस्केकाछन् ।
अर्जुन पोख्रेलको शब्द, संगित, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकीन्छ । भिडियोमा प्रथम ,नग्मा, लक्ष्मी र अमर गज्जबसंग खुलेकाछन् । जहाँ बैशालु उमेरका साथिभाईसंग घुम्दै रमाईलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजकाछन् ।
डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आई रहेको निर्माण युनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरीङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मिन रावलको सम्पादन रहेको छ । सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई बिकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरी रहेकाछन् । तर, यति मिठो स्वरका धनि गायक वाङछिरीङ भोटियालागि अर्को एल्वम र गीत रेकर्ड गर्नु चुनौति बन्ने देखिन्छ । कीन भने स्रोता र दर्शकले रुचाएका कारण उन्ले अर्को गीतको तयारी गर्नु पर्ने देखिन्छ । किन भने समय र दर्शकले उन्लाई साथ दिएको देखिन्छ ।








