राजीवको ‘पानी धाराको नसम्झ मायालु धेरै टाढाको’ बोलको एल्बमले पायो चर्चा

news-details

गायक राजीव लामाले पानी धाराको बोलको एल्वम बजारमा ल्याएर चर्चा कमाएका छन् । लामो समय जापान बसाँई भए पनि लामाले आफ्नो देश, गाउँ, पाखा पखेरी सम्झदै पानी धाराको बोलको गीत बजारमा ल्याए पछि चर्चा बटुलेका हुन् ।

तीर्खा मेटाउन गाउँघरको धारा पधेराको पानीको उनले गीत मार्फत वर्णन गरेका छन् । शहरमा तीर्खा मेटाउन बिभिन्न पेय पदार्थको साहरा लिनु पर्ने भन्दै गाउँको त्यो पधेराको चिसो पानीको गीत मार्फत महत्व झल्काएका छन् । शहरको पेय पदार्थको तुलना, गाउँको चिसो पानीसंग गर्न नसकीने भाव उनले गित मार्फत प्रस्तुत गरेका छन् ।

समधुर स्वरका धनी गायक लामाले जापानमा बसाँई भए पनि नेपाललाई सम्झदै धरै गीति एल्बम बजारमा ल्याएका छन् । गित लेख्ने र आफ्नै स्वरमा गाउँने लामाले सानै उमेरदेखि गित गाउँदै आएका हुन् । उनले आफू जापान बसे पनि नेपालबाट धेरै टाढा नसम्झन मायालुसंग आग्रह पनि गरेका छन् ।

जापानमा रहेका नेपालीबीच निकै लोकप्रिय रहेका लामाले साँगीतिक कार्यक्रम मार्फत नेपाली गीतहरु दर्शक र स्रोतामाझ पु¥याउने गरेकाछन् । जाउँ जाउँ साथी, मखमली चोली, वन लभ, टोकीयो शहरमालगायतका नेपाली गित जापानमा निकै लोकप्रिय छन् । कान्छि सुनन, सानी मायाँले पनि उत्तीकै चर्चा कमाएको छ ।

जापानको नागोयामा बस्दै आएका लामाले नेपालमा आउँदा पनि सांगितिक प्रस्तुती दिने गरेका छन् । सानीमाया बोलको लिरिकल भिडीयो, बेलाबेलामा फिल्मी म्यूजिकल कन्सर्ट गर्दे आएका उनले बिदेशमा रहेर पनि नेपालप्रति देखाएको भावले जापानमा रहेका नेपालीबीच पनि नेपालको मायाँ गाढा बनाएको छ नै नेपालको पनि सम्मान भएको देखिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *