मलेसियामा चाइनिज नयाँ वर्षको अवसरमा ‘रिमिक्स धमाका’ हुदै

news-details

चाइनिज नयाँ वर्षको अवसर पारेर मलेसियाका विभिन्न शहरमा ‘रिमिक्स धमाका’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ख्यातीप्राप्त नेपाली कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रम जनवरी २२, २३ र २४ गते हुने मलेसियाका व्यवसायीसमेत रहेका कार्यक्रमका संयोजक राजेश श्रेष्ठले जानकारी दिए ।

जिरो माइलको आयोजनामा हुन गैरहेको रिमिक्स धमाकाको १४ औ संस्करण अन्तर्गत जनवरी २२ मा बाटुपहटको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा सेमरल्याङ जेभीको जलन जोहरमा र जनवरी २४ मा क्वालालाम्पुरस्थित होटल ग्रयाण्ड कन्टिनेन्टलमा हुने संयोजक श्रेष्ठले जानकारी दिए ।

‘रिमिक्स धमाका–१४ मलेसिया २०२३’ मा ख्यातीप्राप्त गायक–गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आलेमगर तथा डान्सर अन्जली अधिकारी र प्रिती पासवानको धमाकेदार प्रस्तुती रहने श्रेष्ठले बताए ।

विगत धेरै वर्षदेखि हरेक वर्ष रिमिक्स धमाका कार्यक्रम आयोजना गर्दै आएको जिरो माइलले चाइनिज नयाँ वर्षको अवसर पारेर मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनका अलवा भेटघाट र सुखदुःख साटासाटको अवसर जुराउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको जनाएको छ ।

रिमिक्स धमाकाको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन ।

‘मलेसियामा रहनुभएका सम्पूर्ण नेपालीलाई रिमिक्स धमाका कार्यक्रम नछुटाउन आग्रह गर्दछौ, यदि कोही टिकट काटन नसक्ने नेपाली भए हामी उहाँहरुलाई निःशुल्क प्रवेशको प्रवन्ध मिलाउने छौ’ संयोजक श्रेष्ठले भने –‘हामीले नोक्सानमै भएपनि हरेक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिइरहेका छौ, कार्यक्रमलाई स्तरीय बनाउन र नेपाली कला संस्कृतिलार्ई विश्वभर चिनाउनुपर्छ भनेर हामी लागिरहेका छौ ।’

यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि रहेको संयोजक श्रेष्ठले बताए । कार्यक्रमको मिडिया पाटर्नरमा यस रोजगारमञ्च डटकम पनि रहेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *