गीतकार गिरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित

news-details

नातिकाजी स्मृति समाजले ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरेको छ । समाजका अध्यक्ष शम्भुजीत बास्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो ।

बैठकका‍े निर्णय अनुसार पर्यटन व्यवसायी देवेन गिरी ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित हुने भएका छन् ।

संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजीको जन्म स्मृति दिवसको अवसर पारेर गीतकारसमेत रहेका गिरीलाई सम्मान गर्न लागिएको हो ।

गीतसंगीतमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो सम्मान दिने भइएको हो । गिरीको द पेन एण्ड देवेन एल्वम सहित ३० गीत बजारमा छन् ।

राजधानी ठमेलमा होटल म्याजेस्टिक र भोजघर रेष्टुरेन्ट सन्चालक रहेका गिरीको कुश्माको द क्लिफ रिसोर्टमा समेत लगानी गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *