टिनएजर्सलाई काउकुति लगाउने म्युजिक भिडियो ‘बतासले’ सार्वजनिक (भिडियोसहित)

news-details

गीतकार तथा साहित्यकार हरि कटुवाल र संगितकार कमल अधिकारीको ‘बतासले नि काउँकुती लाउँछ’ बोलको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ ।
टिनएजर्सलाई लक्षित गरी बनाईएको उक्त भिडियोमा याङ्गी दोङ र पर्वत गदाईलीको अभिनय युवावर्गलाई काउकुति लगाउने रहेको छ ।
गीतमा आवाज गायिका सोनिका अधिकारीले दिएकी छिन् भने संगित तथा एरेन्ज संगितकार कमल अधिकारीको रहेको छ । उक्त भिडियो निर्देशन अनुभवी निर्देशक शेरबहादुर डिसिले गरेका छन् भने कोरियोग्राफी सिभान पोख्रेलको रहेको छ ।
यही म्युजिक भिडियोबाट अभिनयमा डेब्यु रहेका पर्वत गदाइली र मोडल याङ्गी दोङको केमेष्ट्री मिलेको छ ।
यो भन्दा अघि पनि नाचौै छम छम, तिमि हासेको पल लगायतका थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका गीतकार हरि कटुवाल र संगितकार कमल अधिकारीको सहकार्यमा यो गीतसहित म्युजिक भिडियो आएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *