योगेश कुमार विष्टको ‘परदेशी सुवा’ सार्वजनिक (भिडियो सहित)

news-details

गीतकार तथा रचनाकार योगेश कुमार विष्टको परदेशी सुवा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । २०७९ वैसाख १ गते नयाँ वर्षको अवसर पारेर विहिवार वाइकेबी डिजिटल युट्युब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

परदेशी सुवा बोलको गीतमा स्वर तथा शब्द योगेश कुमार विष्टको छ । राम सिटौलाको सङ्गीत रहेको छ भने सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

गीतकार समेत रहेका विष्ट प्रभु गु्रपमा कार्यरत छन् । उनले हालसम्म आधा दर्जन भन्दा बढी गीत रचना गरेका छन् । मनकली,वाटुली तथा ड्राईवर जस्ता गीतहरू चाडै बजारमा आउन लागेको बिष्टले जानकारी दिएका छन् ।

जसमध्ये हाल तीन भन्दा बढी गीत रेकर्ड भएर बजारमा आई सकेका छन् । उनको शब्दमा चर्चित गायक प्रमोद खरेल, विष्णु भट्ट, विलाल भट्ट, अर्चना भट्ट लगायतले स्वर दिइसकेका छन् ।

पुरा म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *