पल शाहलाई थुनामै राख्न पूर्वी नवलपरासी अदालतको आदेश

news-details

नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत पूर्वी नवलपरासीले आदेश दिएको छ।

मुद्दा किनारा लगाउने समयसम्मका लागि थुनामै राखेर अनुसन्धान जारी राख्न अदालतले बुधबार आदेश दिएको हो।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

शाहलाई बुधबार बेलुकी तनहुँतर्फ पठाइएको छ। शाहलाई वैशाख ७ मा पूर्वीनवलपरासीस्थित अदालत हाजिर हुन पनि भनिएको छ।

यसअघि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पनि शाहलाई थुनामा राख्न आदेश दिएको थियो।

शाहमाथि तनहुँ र पूर्वीनवलपरासीमा मुद्दा परेको थियो।

शाहलाई तनहुँ कारागारमा राखिएको छ।

शाहविरूद्ध अधिकतम १४ वर्ष कैद सजाय माग गर्दै अभियोग पत्र अदालतमा दर्ता भएको थियो।

नाबालिग गायिकाको परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका शाह १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *