बालविवाह न्यूनीकरण गर्न पुथाउत्तरगंगामा सडक नाटक

news-details

पुर्खाजित राईको निर्देशनमा रुकुम पुर्बका बिभिन्न स्थानहरुमा जनचेतनामूलक सडक नाटक ‘थकथकी’ मन्चन भैरहेको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको नाटकले समाजमा हुने बालविवाहलाई देखाउन खोजेको छ। नाटकमा बाल विवाह गर्दा व्यक्तिलाई हुने जोखिम र समाजमा पर्ने त्यसको नकारात्मक असरलाई देखाउंदै यसका न्यूनीकरणका उपायहरु प्रस्तुत गरिएको नाटकका निर्देशक पुर्खाजित राईले बताए ।

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जे बि डि सि, ज्योति राई, प्रिती पुन, मन प्रसाद बिक, संस्कृति पुन मगर, रेन्जु बुढा, संजु घर्ति, सुरबी पुन, सपना पुन, सिरमाया पुन, जलन गुरुङले अभिनय रहेको छ। नाटकको ब्यबस्थापन बिबेश बुढाले गरिरहेका छन्।

नाटकमा सबैले आ-आफ्नो भूमिका बुलन्द किसिमले प्रदर्शन गरिरहेका छन्। रुकुम पूर्व लगायत नेपालका अन्य पहाडी तथा हिमाली जिल्लाहरुमा अझै पनि बाल विवाहको प्रचलन ब्याप्त छ। यसलाई न्यूनीकरण गर्न यस्ता खाले जनचेतना समेटिएको नाटक प्रभावकारी हतियार बन्ने नाटकका मुख्य पात्र जेवी डिसीले बताए।

सामाजिक जनचेतना बोकेको कन्टेन्टमा काम गर्न रुचाउने डिसीले लुकामारी, मन्दिरा, घनचक्कर लगायतका चलचित्रमा काम गरेका छन्।

नाटक गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका डिसीले चलचित्र संगसंगै विभिन्न समयमा नाटक पनि गर्दै आइरहेका छन्।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *