आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू

news-details

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’को पाँचौं संस्करण आजदेखि शुरू हुँदैछ ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आजदेखि हुन लागेको हो ।

बेलुका ४ बजे उद्घाटन हुने चलचित्र महोत्सव आउँदो २१ गतेसम्म चल्ने छ । आज पहिलो दिन राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरिने छ ।

महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्र प्रदर्शन एवम् प्रतिस्पर्धा हुने छ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

गएको वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *