पल शाहविरूद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दर्ता

news-details

नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पल शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको छ।

मंगलबार सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

सोमबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।

बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।

एक नाबालिग गायिकाले एक वर्षदेखि शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए।

त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । नवलपरासी पूर्वमा शाहविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *