पल शाह अनुसन्धान सकियो, प्रहरीले फाइल सरकारी वकिल कार्यालयलाई बुझायो

news-details

बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शाहमाथि २१ दिनपछि लामो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पेश गरेको जनाएको छ।

यसअघि नवलपरासी प्रहरीले शाहविरुद्धको अनुन्सधान सकाएर सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ। र उक्त मुद्दा पनि अदातलमा पुगिसकेको छ।

१७ वर्षीया गायिकाले शाहले आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै तनहुँ र नवलपरासीमा उजुरी दिएकी थिइन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *