पोल्याण्डकी क्यारोलिना बनिन् ‘मिस वर्ल्ड’, नेपालकी नम्रता श्रेष्ठ टप ३० मै सीमित

news-details

एजेन्सी/ पोल्याण्डकी क्यारोलिना बेल्वास्काले यस वर्षको मिस वर्ल्डको उपाधि जितेकी छिन । बिहिबार बिहान भएको फाइनलमा क्यारोलिना उत्कृष्ट ठहरिएकी हुन्।‍

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन्।

अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेता क्यारोलिनालाई ताज पहिर्‍याइन्। क्यारोलिना पोल्यान्डबाट विश्व सुन्दरी जित्ने दोस्रो प्रतिस्पर्धी हुन् ।

मिस वर्ल्डको मुख्य विधा मानिने ब्यूटी विथ पर्पसको उपाधि पनि अमेरिकाले जितेको छ ।

यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए।

नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *