खोटाङका स्कुले बालबालिकामाझ चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन

news-details

कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयबस्तुमा तयार पारिएको चेतनामूलक सडक नाटक ‘बोध’ खोटाङका विभिन्न विद्यालयका बालबालिकालाई देखाइएको छ ।

उक्त नाटक खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मिटार मावि, च्यास्मिटार र महेन्द्रद्धय मावि, हलेसीमा मञ्चन गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रा. लिले निर्माण गरेको जनचेतनामूलक सडक नाटक लागुऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, कुलतमा लाग्दा पर्ने मनोबैज्ञानिक असर र समाजमा भएका सामाजिक घट्नाहरुलाइ उतारेको नाटकका निर्देशक पुर्खाजित राईले बताए ।

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जे बि डि.सि., ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ।

नाटकका पात्र जे. बि. डि.सि.ले यहि कन्टेन्टमा केहि वर्ष पहिले ‘सिग्नेचर’ नामको चलचित्रमा अभिनयसमेत गरेका थिए । उनले त्यो अनुभबलाई यस नाटकमा मिहिन तरिकाले प्रस्तुत गरेको बताए।

सामाजिक जनचेतना बोकेको कन्टेन्टमा काम गर्न रुचाउने डिसीले लुकामारी, मन्दिरा, घनचक्कर लगायतका चलचित्रमा काम गरेका छन् ।

नाटक गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका डिसीले चलचित्र संगसंगै विभिन्न नाटक पनि गर्दै आइरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *