अभिनेता पल शाहविरुद्ध जबरजस्तीकरणीको जाहेरी दर्ता

news-details

चर्चित अभिनेता पल शाहविरूद्ध जबरजस्तीकरणीको जाहेरी दायर भएको छ ।

गायिका समीक्षा अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर शाहविरूद्ध जाहेरी दिएकी हुन्।

गण्डकी प्रदेश प्रहरीले शाहविरूद्ध दर्ता भएको जाहेरी दर्ता भई कानुनी प्रक्रिया अघि बढिसकेको बताइएको छ । तर, यसबारे औपचारिक जानकारी भने दिएको छैन।

केही दिनअघि समीक्षाले मिडियामा आएर नायक शाहले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

पल र समीक्षाबीचको सम्बन्ध पुष्टि हुने यथेष्ट प्रमाणहरू बाहिर आइसकेका छन् । यद्यपि, अझै पनि पलले स्वीकार गरेका छैनन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी भनिन्छ । साथै, १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *