लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

news-details

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे९२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको लोकदोहोरी प्रतिष्ठानले जनाएको छ ।

आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन ।

स्वर्गीय लामाले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *