चर्चित बलिउड संगीतकार बप्पी लहिरीको निधन

news-details

चर्चित भारतीय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।

विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका गायकको मुम्बईस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको बलिउड हंगामाले जनाएको छ । सन् ८० र ९० को दशकमा बलिउडमा डिस्को संगीत थालनी गर्ने श्रेय उनलाई जान्छ ।

अस्पतालका निर्देशक डा दीपक नामजोशीले लहिरी एक महिनाअघिनै अस्पतालमा भर्ना भएको र सोमबार मात्र अस्पतालबाट डिस्चार्ज भएको जनाएका छन् ।

तर, मंगलबार पुनः स्वास्थ्यमा समस्या आएपछि परिवारले घरमै चिकित्सक बोलाएका थिए । त्यसपछि उनलाई पुनः अस्पताल ल्याइएको थियो । उनीसँग विविध खाले स्वास्थ्य समस्या रहेको जनाइएको छ ।

मध्यरातमा ओएसए (अब्सट्रक्टिक स्लिप एपिना) अर्थात सुताइमा समस्या आएपछि उनको निधन भएको भनिएको छ । बप्पी लहिरी अन्तिमपटक सलमान खानसँग बिग बोस १५ रियालिटी सोको कार्यक्रममा देखिएका थिए ।

गत साता मूर्धन्य गायिका लता मंगेशकरको निधनमा शोक व्यक्त गर्दै लहिरीले सरस्वती माताको पुनर्जन्म भएको बताएका थिए । चल्ते चल्ते, डिस्को डान्सर र सरावी उनका चर्चित गीत हुन् ।

सन् २०२० मा रिलिज भएको टाइगर श्रफ र श्रद्धा कपुर स्टारर बागी ३ मा अन्तिम पटक उनले ‘भंखस’ गीत गाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *