गायिका लता मंगेशकरको निधन

news-details

एजेन्सी / भारतीय गायिका लता मंगेशकरको निधन भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो। उनी ९२ वर्षकी थिइन्।

केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो।

मंगेशकरको जन्म सन् १९२९ सेप्टेम्बरमा मध्य प्रदेशको इन्दोर सहरमा भएको थियो। उनको परिवारको पृष्ठभूमि शास्त्रीय संगीतको थियो। औपचारिक शिक्षा हासिल नगरेकी मंगेशकरले भने बलिउड सिनेमाका लागि गीत गाएकी थिइन्। जुन कुरा उनको परिवारलाई सुरूमा मन नपरेको उनले एक अन्तर्वार्ताका क्रममा बताएकी थिइन्।

सन् १९४९ मा उनले महल भन्ने सिनेमा लागि उनले पहिलो पटक गीत गाएकी थिइन्। त्यही गीतले उनलाई चर्चा चुलिएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्। मंगेशकरले नेपाली चलचित्रका लागि पनि गीत गाएकी थिइन्।

राजा महेन्द्रले लेखेको ‘आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ…’ गीतमा मंगेशकरले स्वर भरेकी थिइन्। अरू नेपाली गायकरगायिकासँग पनि उनले गीत गाएकी छन्।

मंगेशकरले भारतका प्रतिष्ठित भारत रत्न, पद्मभुषण, दादासाहेब फाल्के अवार्डलगायत पुरस्कार र सम्मान पाएकी थिइन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *